साउदी अरबका लागि नेपाल एयरलाइन्सको सिधा उडानको टिकट बुकिङ खुला
काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौँबाट साउदी अरबको दमाममा नियमित सिधा उडानका लागि शनिबारबाट टिकट बुकिङ्ग खुला गरेको छ । नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार यहाँ भदौ २० अर्थात ६ सेप्टेम्बरबाट नियमित उडान हुने भएको छ ।
यस रुटमा साताको दुई दिन बुधबार र शनिबार उडान हुने भएको छ । काठमाडौं/दमाम प्रमोसनल फेयर ३५ हजार रुपैयाँ तोकिएको छ ।
यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइट धधध।लभउबबिष्चष्लिभक।अयm।लउ मा लग इन गरी अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट सकिने । यसबाट यात्रुहरूलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ ।
२०८० भदौ २ गते शनिवार २०:०१ बजे प्रकाशित