सदन खुलाउनेबारे सभामुख र प्रधानमन्त्रीबीच छलफल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको संसद् अवरोध हटाउन देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख र प्रधानमन्त्रीबीच छलफल भएको हो।
सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन् ।
सुन प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेबाट संसद् बैठक अवरोध गर्दै आएको छ । तर, सरकार समितिको पक्ष गठन गर्ने पक्षमा नहुँदा कुरा मिल्न सकेको छैन। सदनको अवरोध हटाउने बिषयमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि शीर्ष नेताहरुलाई बोलाएर चासो व्यक्त गरिरहेका छन्।
२०८० भदौ १ गते शुक्रवार २०:१० बजे प्रकाशित