"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत उत्रीर्ण (नतिजा यसरी हेनुहोस् ​)

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् ।

त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

यो नतिजा गत वर्षमा भन्दा ३ प्रतिशत विन्दुले सुधार भएको बोर्डको दाबी छ ।

राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुनस् ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ ।

यसरी हेर्नुहोस् नतिजा 
कक्षा १२ को नतिजा प्रकाशित हुनासाथ १६०१ मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट NEB टाइप गरी १६०० मा पठाएर वा मोबाईलवाट *1600# डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिचेर वा वेवसाइटमा https://neb.ntc.net.np बाट सजिलैसँग नतिजा प्राप्त गर्न सकिन्छ। यस्तै बाेर्डकाे वेवसाइट https://www.neb.gov.np/results मा गएर विद्यार्थीले आफ्नाे नतजा प्राप्त गर्न सक्नेछन्।

२०८० साउन ३० गते मंगलवार २०:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु