विद्युत् प्राधिकरणले १२ अर्ब ३३ करोड खुद नाफा कमायो, सर्वसाधारणलाई सेयर जारी गर्ने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड खुद नाफा कमाएको छ । आर्थिक वर्ष ०७९/८० को अपरिस्कृ/त वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
प्राधिकरणका निर्देशक घिसिङले प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरिरहेको बताए । सर्वसाधारणलाई सेयर जारी गर्नका लागि इक्रा नेपालबाट एए प्लस रेटिङ पाएको उनले बताए । सर्वसाधारणमा दिइने विद्युत् गुणस्तर सुधार, चुहावट नियन्त्रण तथा विद्युत् महसुल असुली लगायतका कार्यलाई प्रभावकारी बनाइने घिसिङले बताए ।
उनका अनुसार विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिब ४८ अर्ब रुपैयाँ बराबरको रकम प्रसारण तथा वितरण प्रणाली विस्तार र सुधारमा लगानी भएको छ । त्यस्तै सरकारको कोषमा साँवा ब्याज र रोयल्टी गरी ३० अर्ब जम्मा गरिएको उनले बताए ।
२०८० साउन २५ गते बिहीवार २०:१७ बजे प्रकाशित