"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पहिरोका कारण विभिन्न १० स्थानमा सडक अवरोध

काठमाडौं ।  साेमबार बेलुका देखि परेको अविरल वर्षाका कारण  पहिरो जाँदा विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।  नुवाकोट, मकवानपुर, चितवन, पाल्पा, कैलाली, काभ्रे, सिन्धुली र बागलुङका विभिन्न १० ठाउँमा सडक अवरोध भएको हाे ।

पहिरोका कारण नुवाकोटकाे ककनी गाउँपालिका-४ मा निगालेस्थित पासाङ ल्हामु राजमार्ग, मकवानपुरकाे बकैया गाउँपालिका- ११ मा लामराङस्थित कान्ती लोकपथ तथा भिमफेदी गाउँपालिका-२ ज्यालटारस्थित हेटौंडा-भैसे-भिमफेदी-कुलेखानी-काठमाडौं सडकखण्ड अवराेध भएका छन् ।

यसैगरी चितवनकाे ईच्छाकामना गाउँपालिका-६ मा नारायणगढ-मुग्लिङ सडकखण्ड, पाल्पा तिनाउ गाउँपालिका-३ ड्याम साईड नजिकै सिद्धार्थ राजमार्ग, कैलालीकाे गोदावरी नगरपालिका-४ बुढीतोलास्थित भिमदत्त राजमार्ग तथा चुरे गाउँपालिका-५ गोपालेस्थित भिमदत्त राजमार्ग पनि अवराेध भएकाे छ ।

त्यस्तै गरी काभ्रे रोशी गाउँपालिका-९ नार्के लगायत बिपि राजमार्गको विभिन्न स्थान र सिन्धुलीकाे सुनकोशी गाउँपालिका-२ कमेरेफाटस्थित बिपि राजमार्ग र बागलुङकाे बागलुङ नगरपालिका-१० गलुवास्थित बागलुङबाट बलेवातर्फ जाने कालिगण्डकी करिडोरमा सडक अवरोध भएको हो ।

पहिरो गएका स्थानहरूमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका
साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको प्रहरीले जनाएकाे छ ।

२०८० साउन २३ गते मंगलवार २०:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु