"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

डेंगु नियन्त्रणमा तीनवटै सरकारको भूमिका महत्वपूर्ण : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले डेंगु नियन्त्रणका लागि तीनवटै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित ‘डेंगु महामारी र नियन्त्रणसम्बन्धी अन्तरक्रिया’मा सचिव पोखरेलले डेंगु नियन्त्रणका लागि ‘डेंगु बस्ने ठाउँ खोज र नष्ट गर’ अभियान सक्रियताका साथ सुरु गर्नुपर्ने बताए ।

उनले डेंगु सङ्क्रमितको उपचार नि:शुल्क भइरहेको बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा।दीपेन्द्ररमन सिंहले डेंगु नियन्त्रणमा स्वास्थ्यसम्बन्धी साक्षरता बढाउनुपर्नेमा जोड दिए । “डेंगु नियन्त्रणका लागि सबैले आ–आफ्नो स्थानबाट स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गरी व्यक्ति, परिवार र समुदायको भूमिकालाई सशक्त बनाउन जरुरी छ”, उनले भने ।

तथ्याङ्कअनुसार सन् २०२३ को जुलाई ६ सम्म नेपालमा डेंगु संक्रमितको सङ्ख्या सात हजार सात सय ३३ पुगेको छ । जसमा डेंगु सङ्क्रमण ७१ वटै जिल्लामा फैलिएको र हालसम्म यसको सङ्क्रमणबाट सात जनाको मृत्यु भएको जानकारी दिए ।

२०८० साउन २२ गते सोमवार २०:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु