"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुन प्रकरण : थप अनुसन्धान गर्न राजस्वले प्रहरीलाई दियो अनुसन्धानको जिम्मा

काठमाडौँ । राजश्व अनुसन्धान विभागले सुन प्रकरणको थप अनुसन्धान गर्न फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई बुझाउने निर्णय गरेको छ। विभागले आइतबार यो प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरु प्रहरीलाई जिम्मा लगाएको हो । अब यो प्रकरणका अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले अघि बढाउने छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाले आइतबार पत्रकार सम्मेलनमा भने ‘यो संगठित अपराध हो। अहिलेसम्म पक्राउ परेका व्यक्तिहरूलाई पनि प्रहरीलाई बुझाउँदैछौं, ‘ुहालसम्म खुलेका प्रमाणले संगठितरुपमा गरिएको अन्तरदेशीय अपराध देखिन्छ’ ढुंगानाले भने ।

पक्राउ परेका आरोपित, बरामद सबुत प्रमाण र अनुसन्धानको प्रगति प्रतिवेदन विभागको टोली प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई हस्तान्तरण गर्न जाँदैछ । त्यसपछि प्रहरी प्रधान कार्यालयले यसको अनुसन्धानको जिम्मा सीआईबीलाई दिनेछ

प्रधानमन्त्री पुष्पकमल दाहालले गत साता निर्देशन दिएपछि विभागले आइतबार सम्पूर्ण फाइलहरु बुझाएको हो ।

२०८० साउन २१ गते आइतवार १८:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु