"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भारतको उत्तराखण्डमा पहिरोमा परेका नागरिकलाई स्वदेश फर्काउन कांग्रेसको माग

काठमाडौं। भारतको उत्तराखण्ड केदारनाथ गौरीकुण्डमा पहिरोमा परेका नागरिकलाई खोजी गर्न र स्वदेश फर्काउने पहल गर्न नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ।

पहिरोमा परेर ११ जना नेपाली बेपत्ता भएका छन्। बेपत्ता हुनेहरुमा अधिकांश जुम्लास्थित पातारासीका स्थानीय छन् ।

बेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन र स्वदेश फिर्ता ल्याउन पहल गर्न कांग्रेसले आइतबार विज्ञप्ति निकालेर सरकारसँग माग गरेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले आइतबार उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई फोन गरेर हराइरहेका नेपालीको खोजीका लागि आग्रह गरेका थिए । बिहीबार राति गएको पहिरोबाट कम्तिमा १९ जना हराइरहेका छन् ।

२०८० साउन २१ गते आइतवार १८:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु