"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उत्तराखण्डमा बेपत्ता नेपाली नागरिकको खोजीका लागि कूटनीतिक पहल गरिएको छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डमा खसेको पहिरोमा परी नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।

शनिबार बेलुका सामाजिक सञ्जालमार्फत उनले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

बेपत्ता नेपालीको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको उनले जानकारी गराएका छन् ।

२०८० साउन २० गते शनिवार १९:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु