"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

साउन २२ गते सम्मकालागि राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध कायम राखेपछि राष्ट्रिय सभा बैठकमा स्थगित भएको छ ।

एमालेले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् अघि बढ्न नसक्ने अडानसहित आजको  राष्ट्रिय सभा बैठकमा पनि संसद् अवरोध गरेको हो ।

नेकपा एमाले राष्ट्रिय सभाका संसदीय दलका उपनेता भैरवसुन्दर श्रेष्ठले सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय छानबिनको माग गर्दै सरकार दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएसम्म संसद् अघि बढ्न नसक्ने स्पष्ट पारे ।

साउन २२ गते दिउँसो १ बजे बस्ने गरी आजको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

२०८० साउन १८ गते बिहीवार १९:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु