"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

साबिककै मूल्यमा चामल बिक्री गर्न उपभोक्ता संरक्षण विभागकाे निर्देशन

काठमाडौं । व्यापारीलाई चामलको मूल्य नबढाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ। विभागले एक विज्ञप्ति जारी गर्दै उक्त् निर्देशन दिएको हो।

भारतले बासमतीबाहेकको चामलको निर्यातमा प्रतिबन्ध लगाउनु अगावै नेपालमा रहेको चामलको भण्डारणको सामग्री बेचबिखन गर्न बजार पठाउँदा साबिककै मूल्यमा बिक्री गर्न विभागले निर्देशन दिएको छ।

प्रचलित ऐन–कानुनको बर्खिलाप हुने अवञ्छित तबरले मूल्यवृद्धि भएको पाइएमा कानुनबमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ।

२०८० साउन १७ गते बुधवार २०:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु