भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आयो, ग्यासकाे मूल्य १०० घट्याे
काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल ७ रुपैयाँ ७८ पैसा र डिजेलको मूल्य ६ रुपैयाँ ६१ पैसा बढेर आएको हो ।
मंगलबार प्राप्त भएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । पेट्रोल र डिजेलको मूल्य बढे पनि खाना पकाउने एलपी ग्याँसको मूल्य भने प्रतिसिलिण्डर करिब १ सय रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।
निगमका अनुसार आईओसीले हरेक १५–१५ दिनमा पठाउने नयाँ मूल्यसूची अनुसार नै नेपालमा स्वचालित मूल्य प्रणालीबाट मूल्य समायोजन हुनेछ
२०८० साउन १६ गते मंगलवार २०:०० बजे प्रकाशित