"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रासायनिक मल अभाव छैन, हाल दुई सय ८४ मेट्रिक टन मल मौज्दात छ : मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताएका छन् ।  उनले मल अभाव नरहेको जानकारी दिँदै वितरणमा केही समस्या देखिएको हुनसक्ने बताए ।

“हाल दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात छ । गत वर्षजस्तो यस वर्ष अभाव छैन”, मन्त्री भुसालले भने, “सङ्घीय सरकारले आयात गरेर वितरणको जिम्मा स्थानीय तहलाई दिएको छ । स्थानीय तहअन्तर्गत वितरणको जिम्मा पाएका सहकारी संस्थाले राम्रोसँग वितरण नगरेका गुनासा आउने गरेका छन् ।” उनका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा मल खरिद गर्न सरकारले कुल रू ३८ अर्ब बजेट विनियोजन गरेकामा रू ३३ अर्ब बराबरको मल आपूर्ति गरेको थियो ।

चालु आवका लागि रू ३० अर्ब बजेट विनियोजन भएको कृषिमन्त्री भुसालले जानकारी दिए । गत आवमा खरिद भएको २५ हजार मेट्रिकटनबाहेक सबै नेपाल भित्रिसकेको उनले बताए  ।

२०८० साउन १५ गते सोमवार २०:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु