"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

संघीय शिक्षा ऐनको मस्यौदा भोलि बस्ने मन्त्रिपरिषदमा पेश हुने

काठमाडौँ । संघीय शिक्षा ऐनको मस्यौदा भोली बस्ने मन्त्रिपरिषद् बैठकमा पेश हुने र मन्त्रिपरिषद्ले पारित गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट तयार पारेर मन्त्रिपरिषद्कै विधेयक समितिमा रहेको मस्यौदा मंगलबार पेश हुन लागेको शिक्षा मन्त्रालयले जनाएको छ ।

सम्भवत: मंगलबारकै मन्त्रिपरिषद् बैठकले मस्यौदा पारित गर्नेछ । र त्यसपछि आवश्यक छलफल र पारितका लागि संघीय संसदमा पेश हुनेछ ।

यसअघि तत्कालिन शिक्षामन्त्री देवेन्द्र पौडेलले मस्यौदा मन्त्रिपरिषद्मा पेश गरेका थिए । मन्त्रिपरिषद् बैठकले विधेयक समितिमा पेश गरेर थप छलफल गर्ने निर्णय गरेको तर मस्यौदा अघि बढ्न सकेको थिएन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत साउन १६ गते बस्ने संसद बैठकमा मस्यौदा पेश हुने बताएका थिए । सोही आधारमा मन्त्रिपरिषद् पारित गर्न लागेको हो ।

२०८० साउन १५ गते सोमवार १९:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु