"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

गरिबी, भोकमरी र युद्ध लाद्ने प्रवृत्ति शान्तिका लागि चुनौती : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कतिपय ठूला देशले अन्य मुलुकमा द्वन्द्व र तनाव सृजना गर्दै युद्ध लाद्ने गरेकाले विश्व शान्तिका लागि यो चुनौतीका रूपमा रहेको बताएका छन्।

वर्ल्ड पिस काउन्सिलको दक्षिण एसियाका प्रतिनिधिहरूसँग आज ललितपुरको च्यासदस्थित पार्टी कार्यालयमा भएको अन्तरक्रियामा अध्यक्ष ओलीले अहिले पनि विश्वमा ठूलो जनसङ्ख्या गरीबी र भोकमरीबाट ग्रस्त रहेको बताउँदै यस्तो अवस्थामा मानव जातिले शान्तिको अनुभूति गर्न नसक्ने धारणा व्यक्त गरेका हुन्।

अध्यक्ष ओलीले असंलग्न परराष्ट्र नीति तथा सन्तुलित र तटस्थ छिमेक सम्बन्ध नेपालको परराष्ट्र नीति रहेको जानकारी गराए। उनले भने, ‘हामी शान्तिको चाहना राख्छौँ । त्यसका लागि काम गर्छौै । त्यसैले हामी तनाव र द्वन्द्वमा पक्ष लिँदैनौँ ।’

२०८० साउन ११ गते बिहीवार १९:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु