संघमा २ वटा सदनको काम छैन, राष्ट्रियसभा खारेज गरौं : राजेन्द्र लिङ्देन
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश संरचना र राष्ट्रियसभा खारेज गर्नुपर्ने बताएका छन् ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट गर्ने क्रममा सञ्चारकर्मीले राखेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताए ।
उनले नेपालको स्थायित्वका ३ पिल्लरमध्ये राजसंस्था र हिन्दूराष्ट्र हटाइएको र अन्तिम खम्बाको रूपमा रहेको नेपाली सेनामाथि पनि आक्रमणको प्रयास भइरहेको बताए ।
उनले सेना विनाको राज्य बनाउने प्रस्ताव समेत कतिपयले गरिरहेको भन्दै यो दुःखको कुरा भएको बताए । उनले वडा तहदेखि प्रतिनिधि सभासम्मका सदस्यहरू कटौती गरेर खर्च कम गर्नुपर्ने बताए ।
२०८० साउन ११ गते बिहीवार १९:३७ बजे प्रकाशित