"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

राजनीतिक नेताहरुलाई एउटा, राजनीतिमा नरहेकाहरुलाई अर्को कानुन हुदैन: गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्ट्राचार तथा अनियमितताका घटनामा स्वच्छ र निश्पक्ष ढंगले अनुसन्धान अगाडि बढाउन निर्देशन दिइएको बताएका छन् ।

पुस्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले तथ्य प्रमाणले भेटेका जो सुकैलाई नछाड्ने बताएका हुन् ।

गृहमन्त्रीले दोषीलाई छोड्नु हुन्न, निर्दोष नफसुन् भन्ने मान्यता रहेको बताए । ‘यहाँ त अचम्म छ, अलिकति राजनीतिक क्षेत्रका नेताहरु दोषी देखिए कारबाहीका लागि प्रक्रिया अगाडि बढाइयो भने नेताहरु कराउन थाल्छन्, यो त भएन नि । उद्योग व्यवसायीहरु पर्यो भने हामीले त कर तिरेका छौं, राज्य चलाउन सहयोग गरेका छौं । हामीलाई पनि गर्ने भनेर आवाज उठाउँछन् । कर्मचारीहरु पर्‍यो भने कर्मचारीलाई कहाँ पाइन्छ भन्ने गरेको भन्दै उनले प्रश्न गरे, ‘त्यसो भए कारबाही कसलाई गर्ने ? निमुखा, गरिब जनतालाई गर्ने ?’

राजनीतिक नेताहरुलाई एउटा, राजनीतिमा नरहेकाहरुलाई अर्को कानुन हुन नसक्ने उनले बताए ।

तर कसैलाई बढी गर्‍यो त कसैलाई तान्नुपर्नेलाई तानेन भन्ने लागेको उनले बताए । ‘तपाईंको मनले ठानेको वा तथ्य नै पनि होला । तर प्रमाण नभएसम्म राज्यले सरकारले केही गर्न सक्दैन । ब्याक फायर हुने काम गर्दैन’, उनले भने ।

२०८० साउन ८ गते सोमवार २०:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु