सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएकोले १०० किलो सुन समातियो: अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेका कारण १०० किलो सुन समातिएको बताएका छन् ।
सोमबार नेपाल प्रेस युनियनले रूपन्देहीमा गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले अवैध गतिविधिबारे सूचना दिने व्यक्तिलाई पुरस्कार दिने व्यवस्थालाई पुन: निरन्तरता दिएको बताए। ‘जुन सुन समातियो त्यसको मुख्य कारण सुराकीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेका कारणले भएको हो । सूचना दिनेलाई पुस्कार दिने व्यवस्था गर्न मैले बजेटमा व्यवस्था गरेको थिएँ,’ अर्थमन्त्री महतले थपे, ‘सूचना हुनेलाई पुरस्कारका कारण प्रोत्साहन मिलेको हुनुपर्छ ।’
उनले सुन प्रकरणमा जरैसम्म पुग्नेगरी अनुसन्धान जारी रहेको बताए। भन्सारमा अवैध गतिविधि हुन नदिन आधुनिक मेसिन जडानदेखि त्यहाँ रहेका मेसिन अपडेट र कर्मचारीहरूलाई चुस्त बनाइने काम भइरहेको उनले बताए।
२०८० साउन ८ गते सोमवार २०:५० बजे प्रकाशित