"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सत्ता नपाएपछि रन्थनिएर केही पार्टीहरुले आर्मीजस्ता संस्थामा आक्रमण गरिराखेका छन्ः एनपी साउद

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले विपक्षमा रहेका दलहरु सत्ता नपाएपछि रन्थनिएको बताए ।

केन्द्रीय समितिको बैठकमा बोल्दै साउदले विपक्षमा रहेका दलहरु सत्ता नपाएपछि रन्थनिएको उनले बताए । ‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्,’ साउदले भने ।

साउदले असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि प्रहार गर्ने काम भइराखेको बताए । सत्ता गठबन्धन र कांग्रेस सही ट्रयाकमा हिडिरहेको उनले दाबी गरे ।

पार्टीमा २० प्रतिशत क्रियाशील सदस्य आफ्ना उम्मेदवारलाई भोट हाल्ने अवस्था नरहेको बताए ।

२०८० साउन ७ गते आइतवार २०:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु