सुनको भाउमा फेरि ऐतिहासिक रेकर्ड, तोलाको एक लाख १३ हजार छ सय रुपैयाँ

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।
यसअघि गत जेठ १९ गते हालसम्मकै उच्च प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
बिहिबार सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा तीन सय रुपैयाँ बढी हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्यले पनि नयाँ ऐतिहासिक रेकर्ड बनाएर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। बुधबार बनेको उच्च मूल्यको रेकर्ड यसदिन तोडिएको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
२०८० साउन ४ गते बिहीवार २१:१५ बजे प्रकाशित