"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

हवाई टिकटमा पनि भ्याट: सोमबारदेखि हवाई टिकटमा भाडा ६ प्रतिशतसम्म बढ्ने

काठमाडौं ।  सरकारले बजेटमार्फत हवाई टिकटमा पनि भ्याट लाग्ने व्यवस्था गरेपछि भाडा बढ्ने भएको छ । यो व्यवस्था भोली सोमबारदेखि कार्यान्वयन हुने भएको हो ।

नेपाल वायुसेवा सञ्चालक संघले भोलीदेखि प्रति टिकटको शुल्क बढ्ने जनाएको छ । यसरी भ्याट जोडिएपछि टिकट शुल्क ६ प्रतिशतको हाराहारीमा बढ्नेछ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले हवाई यातायात सेवालाई पनि अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा समावेश गर्ने उल्लेख गरेको थियो।

२०८० असार ३१ गते आइतवार २१:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु