"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रवि लामिछानेको प्रश्न: तीन दलको स्वार्थमा संसद रोक्न मिल्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका मुद्दा यथावत छाडेर नेताको स्वार्थमा संसद रोक्ने काम भइरहेको भन्दै आपत्ति जनाएका छन् ।संसदमा विभिन्न कानुन विचाराधीन अवस्थामा रहेको भन्दै सभापति लामिछानेले ती कानुनमाथि छलफल गर्न छाडेर नेताको स्वार्थमा संसदलाई बन्धक बनाइएको बताए ।

सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले सोधे, ‘यो संसद ३ दलले बन्धक बनाउन मिल्छ ? उनीहरुले जे गर्‍यो त्यही हो ? अरु माननीय चाहिँ केही होइन ?’‘शीर्ष नेतालाई मुड चलेन भने यो सदन रोकिन्छ ?’ लामिछानेले प्रश्न गरे, ‘जनताका मुद्दामा संसद रोकिन्छ भने रोकियोस् । नेताको स्वार्थमा संसद रोकिने कुरा हामी स्वीकार गर्दैनौं ।’

२०८० असार २५ गते सोमवार २०:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु