"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानमन्त्रीकाे प्रश्नः स्पष्टीकरणको मौका पनि नदिई राजीनामा किन मागियाे ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असार १८ गते एक पुस्तक विमोचनका क्रममा आफूले दिएको अभिव्यक्तिको विषयमा गम्भीर प्रश्न उठेपछि सदनबाटै जवाफ दिन चाहेको बताएका छन् ।

सदनबाटै जवाफ दिनका लागि आफूले प्रयास गरेको भए पनि संसद अवरुद्व गरिएका कारण आफुले जवाफ दिन नपाएकाे बताएका हुन् ।

गत बुधबार देखि अवरुद्व भएकाे संसद बैठक सोमबार खुले सँगै प्रतिनिधि सभामा जवाफ दिने क्रममा उनले आफुले सदनमै जवाफ दिन खाेजेकाे समयमा सुरुदेखि नै स्पष्ट पार्नका लागि पर्खेर बसेको भएपनि आँफुलाई संसद् किन अवरुद्ध गरिएकाे भन्कुने कुरा नै थाहा नभएकाे बताए ।

उनले जवाफ दिँदै गर्दा प्रश्न गर्दै भने -राजीनामा नआएसम्म संसद् चल्न दिइँदैन भनेर किन भनियो मैले बुझ्न सकेको छैन। के यही हो संसदीय अभ्यास?’

आफूलाई राप्रपा सांसद राजेन्द्र लिङ्देनले नैतिकताको प्रश्न उठाएपछि उनले त्यस्ता प्रश्न उठाउन पाइने बताए । ‘तर संसद् अभ्यास र पद्धति के हो भन्ने कुरा प्रतिपक्षीलाई राम्रोसँग थाहा छ । स्पष्टीकरणको मौका पनि नदिई राजीनामा किन मागियाे’, उनले भने।

उनले आफूले संसद्‌मा उभिएर यथार्थ भन्न पाउनुपर्दैन? भन्ने प्रश्न गरे । उनले थपे, ‘किन तीन दिनसम्म संसद् अवरोध गरियो? मैले बुझ्न सकिनँ । के प्रतिपक्षीले राजीनामा माग्ने बित्तिकै दिनुपर्ने हो ? यही हो परम्परा र विधि? के प्रतिपक्षीले प्रश्न उठाउने बित्तिकै प्रधानमन्त्रीलाई सदन समक्ष स्पष्टीकरणको मौका पनि दिन पनि नहुने हो ? यो मेरो प्रश्न मात्रै हो ।’

प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंह सँग आफ्नाे पारिवारीक वाहेक अन्य कुनै सम्वन्ध नभएकाे बताउँदै सरदार प्रितम त्याे राजनीतिक खेलाडी नभएकाे पनि बताए । उनले त्याे समयमा आफु भावनामा बहकीएर त्याे कुाराहरु गरेकाे बताए । उनले भने – मैले पुस्तक विमाेचनमा भावनामा बहकिएर उतिबेला प्रितमले गरेकाे कुरा नगरेकाे भए पनि हुने थियाे तर गरे अलि भावनामा बहकिएँ ।’

जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो दिन आफूले प्रधानमन्त्री नभइ आफ्नो ठूली छोरीको बुवा भएर बोलेको पनि बताएका । उनले भने, ‘मेरो छोरी ज्ञानुको उपचारका क्रममा भएका कुरा मैले त्यहाँ कुरा गरेको हुँ, नबोलेको भए पनि हुने थियो। म अलि भावुक बनेकै हुँ, तब न प्रचण्ड। त्यसदिन म प्रधानमन्त्री होइन ज्ञानु (छोरी)को बुबा भएर बोलेँ।’

उनले सदनमा आफू प्रतिवादका लागि नभई स्पष्टीकरणका  जवाफ दिन आएको पनि बताए ।

२०८० असार २५ गते सोमवार २०:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु