"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

नैतिकता छ भने प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्छ: राजेन्द्र लिङ्देन

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै लिङ्देनले भने, ‘नैतिकता भन्ने चिज जीवित छ भने उहाँले राजीनामा दिनुपर्छ। यो दबाबले मागिने कुरा होइन।’

उनले तत्कालीन कानून मन्त्री शेरबहादुर तामाङले नैतिकताको आधारमा राजीनामासमेत दिएको स्मरण गराएका थिए। ‘यो राष्ट्रको सार्वभौमसत्तासँग सम्बन्धित विषयमा यस प्रकारको अभिव्यक्ति आउनु सामान्य कुरा होइन,’ उनले भने, ‘त्यसपछि झन् प्रधानमन्त्रीबाट प्रतिपक्षलाई गम्भीर आक्षेप लगाउने काम भयो।’

२०८० असार २५ गते सोमवार २०:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु