"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

जलहरी प्रकरणमा मुछिएपछि ओलीले भोलि पशुपतिमा ‘क्षमापूजा’ गर्ने

काठमाडौँ ।जलहरी प्रकरणमा मुछिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २५ गते सोमबार भोलि पशुपतिमा क्षमा पूजा गर्ने भएका छन् । त्यसका लागि ओलीले पशुपति क्षेत्र विकास कोषमा जानकारी गराइसकेका छन् ।

‘केपी ओली र उहाँकी पत्नी राधिका शाक्य सोमबार बिहान नौ बजेपछि पशुपतिमा पूजा गर्न आउने जानकारी आएको छ’, पशुपति क्षेत्र विकास कोषका एक अधिकारीले भने,‘पूजा भनिएपनि क्षमा पूजा नै गर्ने हो ।’

स्रोतका अनुसार पशुपतिमा जलहरी प्रकरणमा विवाद भएपछि ताम्रपत्र र गर्भगृहमा लेखिएको नाम हटाइएपछि ओलीले क्षमा पूजा गर्न लागेका हुन् ।

२०८० असार २४ गते आइतवार २०:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु