"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

जोर्डन हिँडेका १५ महिलालाई अध्यागमनले विमानस्थलबाटै फर्कायो

काठमाडौँ ।  वैदेशिक रोजगारीका लागि जोर्डन जान लागेका १५ जनालाई अध्यागमन विभागले फर्काएको छ । आइतबार बिहान १० बजेको एयर अरेबियाको विमानमार्फत जोर्डन जान लागेका १ जना पुरुष र १४ जना महिला गरेर १५ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको हो ।

एससीसी म्यानपावर कम्पनीमार्फत जोर्डनको बहुर्राष्ट्रिय कम्पनी मास क्रेडा अल सफीमा काम गर्न अनुमति पाएका महिलाहरुलाई अध्यागमनबाट फिर्ता पठाएको हो । उनीहरु शून्य लागतमा जोर्डनको रोजगारीमा छनोट भएका हुन् । ती महिला श्रमिकहरुको सबै सेवा शुल्क, भिसा, टिकट, स्वास्थ्य परीक्षणलगायत खर्च रोजगारदाता कम्पनीले नै ब्यहोरेको थियो ।

अध्यागमन कार्यालयले वर्किङ भिसा नदेखिएको र लगानी मन्त्रालयले भिसा नवीकरण गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको पत्र भएकोले प्रस्थान दिन नसकिएको पत्र दिएको छ । उनीहरुको आइतबार बिहान १० बजे एयर अरेबियाको उडान थियो ।

२०८० असार २४ गते आइतवार २०:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु