"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

ललिता निवास जग्गा प्रकरण: थप २ जना पक्राउ

काठमाडौ । ललिता निवास जग्गा प्रकरणमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ।

सिआइबीका एसएसपी दिनेश आचार्यले समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको बताए।

ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म ८ जनालाई पक्राउ गरिसकेको छ।

२०८० असार १८ गते सोमवार २०:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु