"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

ललिता निवास परिसरभित्रका संरचना हटाउन काठमाडौँ महानगरपालिकाको ७ दिने अल्टिमेटम

काठमाडौँ । ललिता निवास परिसर भित्रका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले ७ दिने अल्टिमेटम दिएको छ । आइतबार ललिता निवास पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको हो ।

काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेले सो निवासभित्र रहेका संरचना ७ दिनभित्र हटाउन अल्टिमेटम दिएको जानकारी दिए । निवास परिसरभित्र र वरिपरि राष्ट्र बैंकको निर्माणाधीन भवनका सामान राखिएका छन् ।

२०८० असार १७ गते आइतवार १९:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु