सर्पबाट बच्न मन्त्रालयको आग्रह, सर्पले टोकीहाले के गर्ने ?

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी र बर्खायाम बढेसँगै तराईमा सर्पदंशबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले तराई क्षेत्रमा अहिलेको मौसममा सर्प देखिने भएकाले विषालु सर्पबाट जोगिन आग्रह गरेका छन् ।
राति हिँड्नुपरे टर्च लाइट लिएर हिँड्ने, जुत्ता वा गमबुट लगाउने, खुट्टा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउने, घर वरपरको घाँस झारपात काटेर सफा राख्ने एवं जमिनका दुला टाल्न आग्रह गरिएको छ ।
सर्पले टोकीहाले के गर्ने
सर्पले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने बाँध्ने नगर्ने तथा मल्हम, टोकेको ठाउँमा रासायनिक पदार्थ तातो–चिसो प्रयोग नगर्ने र बिरामीको आत्मविश्वास कायम राख्ने गर्नुपर्दछ ।
२०८० असार १६ गते शनिवार २१:१३ बजे प्रकाशित