विश्व बैंकबाट १२० मिलियन डलर ऋण स्वीकार गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट प्राप्त हुने १२० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजनका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी कार्यक्रमबाट प्राप्त हुने १९ दशमलव ७० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने समेत निर्णय लिएको हो ।
सरकारका प्रवक्ता मन्त्री रेखा शर्माले अर्थ मन्त्रालयको प्रस्तावमा मानव संसोधन छात्रबृत्ति जेडिएस तेस्रो चरण प्रथम ब्याचका लागि प्राप्त हुने ४१ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको।जानकारी दिएकी छिन् । । अर्थ मन्त्रालयकै प्रस्तावमा भन्सार विधेयक सम्बन्धी नयाँ विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । यसले भन्सार मूल्य निर्धारण गर्ने विधेयक निर्माणको बाटो खुलेको मन्त्री शर्माले जानकारी दिइन ।
२०८० जेठ ९ गते मंगलवार २०:०७ बजे प्रकाशित