"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

देशलाई यस्तो स्थितिमा पुर्याउनुमा नेपाली कांग्रेसको हात छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई यस्तो स्थितिमा पुर्याउनुमा नेपाली कांग्रेसको हात रहेको बताएका छन् ।

३१ औं मदन(आश्रति स्मृति दिवसको अवसरमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशलाई यस्तो स्थितिमा पुर्‍उनुमा नेपाली कांग्रेस र कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भएको आरोप लगाएको छन् । कांग्रेस  कर्तव्यविमुख भएको भन्दै ओलीले कांग्रेसलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या । कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छोडिसक्यो । देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किंकर्तव्य विमुढ, भोलि कहाँ जाने केही थाहा छैन जस्तै छ, आज देशलाई कसरी सही बाटोमा लैजाने हो त्यसमा सोच्न सक्ने अवस्थामा छैन ।’ वर्तमान सत्ता गठबन्धन नीति, कार्यक्रम र उद्देश्यविहीन भएको आरोपसमेत लगाए ।

यसको अर्थ एमाले एक्लैले यो अभिभारा पूरा गर्नुपर्ने भएको उनले बताए । तर सत्ताको लागि मात्र कसैसँग नमिल्ने उनले बताए । जनताको लागि, सुशासनका लागि र विकासका लागि भने अरुसँग एमाले मिल्न सक्ने उनले बताए ।

२०८० जेठ ३ गते बुधवार १९:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु