"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

टोपबहादुर रायमाझी सांसदबाट पनि निलम्बित

काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन्। सोमबार सभामुख देवराज घिमिरले संसद बैठकमा उनलाई सांसदबाट निलम्बन गरिएको जानकारी पढेर सुनाएका थिए।

प्रहरीले रायमाझीलाई गएराति बुढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको थियो। पक्राउ गरेको सूचना संसद् सचिवालयमा पुगेपछि रायमाझी सांसदबाट पनि निलम्बनमा परेका हुन्।

यसअघि वैशाख २७ गते नेकपा (एमाले)ले पार्टी सचिवबाट पनि निलम्बन गरेको थियो।

२०८० जेठ १ गते सोमवार १९:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु