"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

देशको व्यवस्था र अवस्था आधा मात्रै बदलिएको छ : माधवकुमार नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशमा व्यवस्था  र अवस्था आधा मात्रै बदलिएको टिप्पणी गरेका छन्।

सोमबार विद्यार्थी दिवसमा आयोजित कार्यक्रममा बोल्दै नेपालले सिंगै व्यवस्थालाई रूपान्तरण गरेर अवस्था परिवर्तनमा लाग्नुपर्ने बताए ।

‘देशको व्यवस्था र अवस्था आधा मात्रै बदलिएको छ । व्यवस्था र अवस्थामा धेरै बदल्न बाँकी छ । सिङ्गो व्यवस्थालाई रूपान्तरण गर्न खाँचो छ । अनि मात्रै अवस्थामा परिवर्तन गर्न सक्छौँ’ नेपालले भने, ‘अर्को भाष्य छ निर्वाचनदेखि निर्वाचनसम्म मात्रै भयो । एउटा चुनावदेखि चुनावसम्म अर्को जनतादेखि जनतासम्मको व्यवस्था छ । हामी कम्युनिस्टहरू जनताको सेवामा समर्पित हुने र जनताको हित र कल्याणमा लागि रहने हो ।’

कम्युनिस्टहरू जनतामा लाग्नुको मतलब जनताको चेतना निर्माणमा दृढ भई लाग्नुपर्ने नेपालले बताए ।

‘हाम्रो जनता बाहेक अर्थोक कुनै राजनीति छैन । कम्युनिस्ट बाहेक अरूले राम्रो गर्न सक्दैनन् । अब देशमा निराशा बढेको छ त्यसलाई चिरेर अघि बढ्नुपर्ने आवश्यकता छ’ नेपालले भने ।

२०८० जेठ १ गते सोमवार १९:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु