"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

संसदमा भड्किलो पोसाक लगाएर जान नपाइने

काठमाडौँ । सांसदहरूले संसद् बैठकमा उपस्थित हुँदा भड्किलो पोसाक लगाएर जान नपाउने भएका छन् । आइतबार बसेको प्रतिनिधि सभा कार्य व्यवस्था समितिको बैठकमा सांसदहरूले भड्किलो पोसाक लगाएर जाँदा संसद्को

मर्यादा कायम नहुने ठहर गर्दै तोकिएको पोसाक लगाएर मात्र संसदमा जानुपर्ने सहमति भएको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिए ।

‘सांसदहरू बैठकमा जाँदा अनिवार्य संसद्को लोगो लगाउनुपर्ने र भड्किलो ड्रेस लगाउन नपाइने निर्णय भएको छ’, खतिवडाको भनाइ छ ।

त्यस्तै बैठकले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर आगामी जेठ ४ गतेका लागि समय निर्धारण भएको छ । प्रश्नोत्तरका लागि कांग्रेस एमालेका सांसदहरूलाई तीन तीन मिनेट र अरु सांसदहरूलाई १ मिनेटका दरले समय निर्धारण गर्ने सहमति भएको छ । ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा कांग्रेस र एमालेका सांसदलाई तीन मिनेट र अन्यलाई एक मिनेटका दरले समय निर्धारण गर्ने सहमति भएको छ’, नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले जानकारी दिए ।

२०८० वैशाख ३१ गते आइतवार १७:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु