"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

७ दिनभित्र कर्मचारीले रमाना नलिए कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

बुधबार मन्त्रालयले एक सूचना मार्फत स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न संघीय कर्मचारी काज फिर्ता गरिएका कार्यालयमा रमाना भई नगएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूको रमाना लिने अवधि गुज्रिएपश्चात् साविकका कार्यालयबाट निजहरूको विदा स्वीकृत नगर्ने रमाना नलिएमा विभागीय सजायको प्रक्रिया सुरु हुने’ मन्त्रालयको परिपत्रमा भनिएको छ ।

मन्त्रालयले जारी गरेको परिपत्र

२०८० वैशाख २८ गते बिहीवार १९:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु