"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भोलिदेखि काठमाडौँ महानगरले माइतीघरदेखि बानेश्वरतर्फ र न्युरोड आसपासको तार हटाउने

काठमाडौँ। पोलपोलमा रहेका अव्यवस्थित तारहरूलाई काठमाडौँ महानगरले भोलि (सोमबार)देखि हटाउने भएको छ।

माइतीघरदेखि बानेश्वरतर्फको र न्युरोड गेटदेखि भित्री भागको तारहरू भोलिबाट हटाउने महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

इन्टरनेट प्रदायक सेवा कम्पनी, नेपाल दूरसञ्चार प्राधिकरण र विद्युत् प्राधिकरणका तारसमेत हटाइने पाण्डेको भनाइ छ । ‘सबै पक्षसँग सहमति गरेर तार निकाल्न लागिएको हो,’ उनले भने,’ आफ्नोआफ्नो कम्पनीको तार आफूले निकाल्ने हो । महानगरले त्यसमा सहजीकरण मात्र गरिन्छ ।‘

पोलपोलमा रहेका तार आफ्नो कम्पनीले जिम्मा लिँदै निकाल्ने उनले बताए । उनका अनुसार महानगरले तार निकाल्ने काममा अनुगमन र सहजीकरण मात्र गरिदिन्छ ।

बागदरवारस्थित महानगर प्रहरी प्रमुखको कक्षमा आइतबार बसेको बैठकमा विभिन्न सरोकारवाला संस्थाहरूको प्रतिनिधिको उपस्थिति थियो । सरोकारवालासँग बसेको बैठकमा भोलिदेखि तार निकाल्ने सहमति भएको हो ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र अव्यवस्थित रूपमा रहेका तार व्यवस्थापन गर्ने कार्य भोलिदेखि सुरु गर्ने छ ।

 

२०८० वैशाख २४ गते आइतवार १९:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु