"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सांसदहरुलाई भोलिसम्म काठमाडौँ आइपुग्न आठ दलको निर्देशन

काठमाडौँ । सत्तारुढ आठ दलको बैठकले बुधबार बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाडौँ आइपुग्न निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएको हो ।

आउँदो फागुन २५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। निर्वाचनका लागि दुई उम्मेदवार मैदानमा छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्बाङ उठेका छन्। निर्वाचन आयोगले निर्वाचनको सबै तयारी सकेको बताएको छ।

२०७९ फागुन २३ गते मंगलवार १९:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु