"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

दार्चुलामा डेङ्गुका बिरामी बढे, अस्पतालका शय्या भरिभराउ

दार्चुला। भदौ पहिलो साताबाट जिल्लामा डेङ्गुका बिरामी ह्वात्तै बढेका छन् । डेङ्गुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन् ।

जिल्ला अस्पतालका डा आदर्श लिम्बूका अनुसार भदौ पहिलो सातादेखि २२ गतेसम्म २८ डेङ्गुका बिरामी पुगेका छन् । जेठमा दुई जनामा डेङ्गु देखिएको थियो । साउनमा तीन जनामा देखिएको डेङ्गु अहिले आएर अस्पतालका शय्या भरिएका छन् । अहिले अस्पतालमा आउने अधिंकाशमा डेङ्गुको लक्षण देखिएको छ ।

डेङ्गुका बिरामीका कारण अस्पताल आउने अन्य बिरामी भर्ना गर्न नसकिने अवस्था आएको डा लिम्बूले बताउनुभयो । “अरु बिरामी कहाँ राख्ने भन्ने समस्या भएको छ”, उहाँले भन्नुभयो, “अहिले डेङ्गुको जाँचका लागि किटको समस्या नभए पनि शय्याको समस्या देखिएको छ ।”

एडिस (एजिप्टाई) जातिको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरोमध्येमा डेङ्गुु पर्दछ । उक्त लामखुट्टे दिउँसोको समयमा मात्र सक्रिय हुन्छ । बिरामीमा उच्च ज्वरो आउने, जीउ दुख्ने, बान्ता हुने, पेट दुख्ने रिङ्गटा लाग्नेलगायतका लक्षण देखिने गरेको डा लिम्बू बताउनुहुन्छ ।

२०७९ भदौ २३ गते बिहीवार १९:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु