"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौमा एक लाख ५७ हजार ८ सय ५६ मतगणनामा बालेनले ५१ हजार ५९६ मत पाए

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो फराकिलो मतान्तर बढाउँदै लगेका छन्। ३२ वडा रहेको महानगरमा गणना गरिएको २३ वटा वडाबाट शाहले ५१ हजार भन्दा बढी मत पाइसकेका छन्।

सार्वजनिक भएको पछिल्लो मत गणनाको विवरणअनुसार एक लाख ५७ हजार ८ सय ५६ मतगणनामा बालेनले ५१ हजार ५९६ मत पाएका हुन्।

उनले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई १९ हजार १६६ मतले पछि पारेका छन्। सिंहले ३२ हजार ४३० मत पाएकी छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ८५६ मत पाएका छन्। स्थापित सिंहभन्दा ५३४ मतले पछि परेका छन्।

अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को नतिजा आइसकेको छ।

वडा नम्बर १३, १४, १५, १६, १७, १८, १९, २० र २१ को मतगणना राष्ट्रिय सभागृहमा जारी छ।

२०७९ जेठ १० गते मंगलवार २०:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु