"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रसुवामा एक्सरे अभाव, पेट तथा छातीको उपचारमा समस्या

रसुवा जिल्ला अस्पतालमा डिजिटल एक्सरे उपकरण नहुँदा पेट तथा छातीको उपचारमा समस्या परेको छ । पुरानो प्रविधिको म्यानुअल एक्सरेको फोटोमा प्रष्ट देख्न नसक्दा शरीरका भित्री भागमा हुने रोग छिटो पहिचान गर्न असहज भएको हो । म्यानुअल एक्सरे सञ्चालन गराउने प्राविधिक कर्मचारीसमेत नहुँदा कार्यालय सहयोगी कर्मचारीबाट उक्त कार्य हुँदै आएको छ ।

चिकित्सकहरूका अनुसार पुरानो प्रविधि छ । अस्पतालमा लडेर घाइते भएका बिरामीसमेत आउँछन् । एक्सरेले स्पष्ट पार्न मुस्किल परिरहेको छ । सीप भए पनि उपकरण अभावका कारण सिफारिस गर्न बाध्य पारेको चिकित्सक बताउँछन् । यस्तै गर्भवतीलाई सुत्केरी गराउन सिएस शल्यक्रियासम्बन्धी स्रोत, साधन तथा जनशक्तिको अभाव भएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा रेशम पोखरेलले बताउनुभयो ।

अस्पतालबाट सेवा प्रदानका लागि पाँच चिकित्सक रहे पनि साधन, स्रोतका अभावमा भइरहेका छ । पुराना उपकरणबाट काम चलाउँदै आएको छ । उपलब्ध भएको अल्ट्रासाउण्डले ९भिडियो एक्सरे० पनि राम्रो काम नदिँदा उक्त सेवासमेत प्रभावित बन्दै गएको चिकित्सक बताउँछन्

२०७८ भदौ ८ गते मंगलवार ११:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु