"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

बौद्धमा शव भेटिएको ठाउँ नजिकै मानव शरीरको अवशेष फेला

काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँबस्तीमा शव भेटिएको ठाउँ नजिकै मानव शरीरको अवशेष फेला परेको छ । नयाँबस्थितस्थित नौ तलेमा मंगलबार मानव शरीरको दायाँ पैताला र केही हड्डी फेला परेको थियो ।

सो स्थान भन्दा ५ सय मिटर पर पोलिएको मानव शरीरको मासुको टुक्रा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

दायाँ पैताला र मासुका टुक्रा पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । ह’त्या गरेर जलाएपछि सो शव त्यहाँ ल्याएर फ्याँकिएको प्रहरीको निष्कर्ष छ ।

डीएनए परीक्षणका लागि त्रिवि शिक्षण अ’स्पतालले प्रोफाइलिङ गर्ने बताइएको छ । शवको पहिचान र घटनास्थलको खोजीमा प्रहरी जुटेको छ ।

२०७८ जेठ २७ गते बिहीवार ११:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु