"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

पशुपति आर्यघाटमा थापाको अन्त्येष्टि, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको अन्तिम संस्कार गरिएको छ । मंगलबार उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएका उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनको निधनप्रति प्रधानमन्त्रीसहित विभिन्न दलका नेता तथा शुभेच्छुकले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वल थापाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनको खबरबाट स्तब्ध भएको छु। दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

२०७८ जेठ १९ गते बुधवार ११:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु