"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

आपत्तिजनक अवस्थामा भेटिएका असई र प्रहरी जवान निलम्बित

गुल्मीको इस्मा गाउँपालिकाका–१ स्थित मल्दी गाउँमा दुई महिलासँग अनैतिक सम्बन्ध राखेको आरोप लागेका दुई प्रहरी निलम्बित भएका छन् । स्थानीय हस्तीचौर प्रहरी चौकीका प्रमुख असई बिष्णु गाह र प्रहरी जवान वीरेन्द्र केसी निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनीहरुले प्रहरी आचरण विपरित क्रियाकलाप गरेको पाइएकाले निलम्बन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । ‘त्यस घटनामा प्रहरीले अनुसन्धान थालेको छ ।

अनुसन्धान नसकिँदा सम्म उनीहरु दुई जना निलम्बित भई घर गएका छन । अनुसन्धानको म्याद ६ महिना सम्म पनि हुन सक्छ वा त्यो भन्दा बढि पनि हुन सक्छ । त्यतिञ्जेल सम्म उनीहरुले आधा तलव पाउने गरि र रासन नपाउने गरि निलम्बित गरिएको छ , डिएसपी पाण्डेले भने । जेठ ७ गते राति आपत्तिजनक अवस्थामा फेला परेको भन्दै स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।

२०७८ जेठ १७ गते सोमवार ११:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु