"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विदेशबाट फर्केर व्यावसायिक बङ्गुरपालन

जिल्लाको देवघाट गाउँपालिका–२ खाल्टे निवासी इन्द्रबहादुर सुनारीले व्यावसायिकरूपमा बङ्गुर पाल्न शुरु गरेका छन् । साउदी अरब र कतारमा लामो समय बिताएका सुनारीले स्वदेश फर्किएपछि बङ्गुर पाल्न शुरु गरेका हुन् ।

गत वैशाख महिनादेखि व्यावसायिकरूपमा बङ्गुर पाल्न थालेको उनले बताए । श्री लाफा पशुपन्छी कृषि तथा बङ्गुर पालन फार्म दर्ता गरी शुरुमा रु चार लाख लगानी गरेर स्वदेशमै बसेर कृषि व्यवसाय शुरु गरेको उनको भनाइ छ ।

धेरै क्षेत्रको अनुभव बटुलेका सुनारीले कृषि क्रान्ति गरी गाउँमै स्वरोजगार बन्ने उद्देश्यले व्यवसाय थालेको बताए । उनको फार्ममा अहिले ल्याडेस, धराने कालो बङ्गुर, दिउरोग गरी सात पाठी र सय प्रतिशत जातको चार वीर पाठा छन् । बङ्गुर पालनसँगै भविष्यमा माछा पालन, बोइलर तथा लोकल कुखुरा पालन गर्ने योजना रहेको उनले बताए ।

२०७८ जेठ १७ गते सोमवार ११:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु