"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

कोरोना संक्रमणबाट सहायकरथी केसीको निधन

काठमाडौं, कोभिड–१९ संक्रमणबाट नेपाली सेनाका सहायकरथी दिनेशकुमार केसीको मृत्यु भएको छ । बिहिबार विहान सैनिक अस्पताल छाउनीमा केसीको निधन भएको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।

उनी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए । करिब एक महिनाअघि देखि उपचाररत केसीलाई चार दिन अघि सैनिक अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो । उनी काठमाडौंको न्युरोडका स्थानीय हुन् ।

२०७८ जेठ १३ गते बिहीवार १२:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु