"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु

हेटौंडा । राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

बादल एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै खनाल–नेपाल पक्षसहित काँग्रेस, माओवादी केन्द्रसहितका दलका साझा उम्मेदवार हुन् । तामाङ भने नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेका हुन् ।

प्रदेशसभा सदस्य, स्थानीय तहका प्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि छुट्टाछुट्टै मतदानको व्यवस्था मिलाइएको छ । हेटौँडाको भुटनदेवी माविमा रहेको मतदानस्थलमा गृहमन्त्री तथा राष्ट्रियसभा उम्मेदवार बादल पुगिसकेका छन् । दिउँसो ३ बजेसम्म मतदानको समय छुट्याइएको छ । मतगणना आजै साँझ हुने जनाइएको छ ।

२०७८ जेठ ६ गते बिहीवार १२:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु