"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

यो देशमा ६० प्रतिशत जनसङ्ख्याले पूर्ण खोप लगाइसके तर अझै बढ्दैछ सङ्क्रमण

विश्वमा धेरै जनसङ्ख्यामा खोप लगाउने देशमध्येको एक सिसेलमा अहिले कोरोना फैलिरहेको छ । अन्य देशहरू पर्याप्त खोप सञ्चय गर्नका लागि सङ्घर्षरत रहेका बेला भारतीय महासागरस्थित टापु सिसेल भाग्यमानी बन्यो, यहाँ ६१ दशमलव ४ प्रतिशत जनसङ्ख्याले खोपको पूर्ण डोज लगाइसकेको छ ।

तर कोरोना भाइरसलाई फैलनबाट रोक्न यो पर्याप्त भएन । पछिल्लो महिना यहाँ सङ्क्रमितको सङ्ख्या बढ्दो छ र अधिकारीहरूले देशमा कडाइ गरको छन् । ९९ हजार जनसङ्ख्या बसोबास गर्ने यस देशमा अहिले २७ सयभन्दा धेरै सक्रिय सङ्क्रमित देखिएका छन् ।

सक्रिय सङ्क्रमितमध्ये ३३ प्रतिशतले खोपको पूर्ण डोज लगाइसकेको स्वास्थ मन्त्रालयले जनाएको छ । के यो महामारीबाट देशहरूले आफूलाई पूर्ण रूपमा प्रतिरोधी बनाउनसक्छ ? यो प्रश्न सिसेलमा देखिएको यथार्थले उब्जाएको छ ।

यद्यपि विज्ञ तथा स्थानीय अधिकारीहरू भाइरस फैलनुलाई खोपले काम नगरेको सङ्केत मान्दैनन् । जेसुकै होस्, धेरै खोप लगाएका देश पनि सुरक्षित छैनन् भन्ने स्मरण यस देशको घटनाक्रमले गराएको छ ।

सिसेलको अवस्था

झन्डै एक महिनाअघि कोभिड–१९ को व्यवस्थापनलाई लिएर सिसेल कति धेरै विश्वस्त थियो भने उसले अधिकांश पर्यटकमाथि गरिएको कडाइ हटायो । सङ्क्रमित सङ्ख्या थोरै थियो र सामूहिक खोप लगाउने कार्यक्रम चलिरहेको थियो ।

पर्यटकमा निर्भर यो देशले आफ्ना सबै सीमा झन्डै सबै अन्तर्राष्ट्रिय पर्यटकका लागि फेरि खुला ग¥यो अर्थात् पीसीआर परीक्षण नेगेटिभ आएका कोही पनि पर्यटक क्वारेन्टाइन नबसी देशमा फर्कन सक्थे । पर्यटनमै आश्रित देशका लागि यो महत्त्वपूर्ण कदम थियो, यहाँ प्रत्यक्ष वा अप्रयक्ष रूपमा जीडीपीको ७२ प्रतिशत पर्यटनबाटै आउँछ र ३० प्रतिशतभन्दा धेरै जनसङ्ख्याले यही क्षेत्रमा रोजगारी पाएको छ ।

यो बिन्दुसम्म देशमा ३ हजार ८ सयभन्दा कम जनसङ्ख्यामा सङ्क्रमण देखिएको थियो र १६ जनाको मृत्यु भएको थियो । त्यसयता सङ्क्रमित सङ्ख्या दोब्बरभन्दा बढी (९ हजार १ सय ८४) र मृतक सङ्ख्या ३२ पुगेको छ । स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार आयोजित पत्रकार सम्मेलनमा यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

के कारणले भाइरस फैलियो भन्ने स्पष्ट छैन । यद्यपि विदेश मामिला तथा पर्यटनमन्त्री सेल्भिस्ट्रे राडेगोन्डे खोप लगाएपछि जनता सन्तुष्ट बनेकाले देशमा भाइरस फैलिरहेको हुनसक्ने बताउँछन् ।

सुधारिएको कन्ट्याक्ट ट्रेसिङ र परीक्षणले पनि सङ्क्रमणका धेरै घटना समात्न अधिकारीहरूलाई सहयोग गरेको छ । ‘पछिल्लो महिना खोप लगाएपछि सङ्क्रमित भएका कोही पनि गम्भीर रूपमा बिरामी भइरहेका छैनन्, कोही मरिरहेका छैनन्, कसैलाई पनि कठिनाइ देखिएको छैन,’ उनले भने । उनका अनुसार यस टापुका अधिकांश मानिस पार्टी गर्न रुचाउँछन् र उनीहरू स्वास्थ मापदण्ड नअपाई घुलमिल भइरहेका छन् ।

सिसेलमा चिनियाँ सिनोफार्म र भारतमा निर्मित एस्ट्रेजेकेका खोप कोभिसिल्ड प्रयोग भइरहेको छ । पूर्ण खोप लगाएका मध्ये ५७ प्रतिशतले सिनोफार्म र ४३ प्रतिशतले कोभिसिल्ड लगाएका छन् । १८ देखि ६० वर्षभित्रका लागि सिनोफार्म र ६० वर्षमाथिकालाई कोभिसिल्ड लगाइएको छ ।

सरकारका अनुसार मे ८ सम्म आइपुग्दा एक साताभित्र देखिएका पोजेटिभ केसमध्ये ३७ प्रतिशत पूर्ण खोप लगाएकाहरू हुन् । यद्यपि कुन खोप लगाएकाहरू कति सङ्क्रमित भए भन्ने विषयमा सरकारले तथ्याङ्क सार्वजनिक गरेको छैन । त्यस्तै बिरामीको उमेर पनि खुलाइएको छैन ।

अस्पताल भर्ना भएका मध्ये झन्डै २० प्रतिशत खोप लगाएका मानिस छन् । तर स्वास्थ मन्त्रालयका अनुसार उनीहरूको अवस्था गम्भीर छैन । गम्भीर र आईसीयूमा भर्ना भएका बिरामीमध्ये खोप लगाएका कोही छैनन् र अहिलेसम्म खोप लगाएका कसैको पनि मृत्यु भएको छैन ।

रोडेगोन्डेले बिहीबार जानकारी दिएअनुसार देशभर दुई जना मात्रै आईसीयूमा छन् । ‘खोपले मानिसहरूलाई बचाइरहेको निष्कर्ष देखिएको छ । जसले खोप लगाएका छन्, उनीहरूमा कठिनाइ देखिएको छैन,’ रोडेगोन्डेले भने, ‘हामी के विश्वस्त छौँ भने दुवै खोपले सहयोग गरेको छ । नत्र अवस्था खराब हुने थियो ।’

खोपबारे यसले के भन्छ ?

खोप लगाएका मानिस पनि बिरामी हुँदा खोपले काम गरेन भन्ने केहीको बुझाइ छ । तर स्थायी अधिकारी, विज्ञ र विश्व स्वास्थ सङ्गठनका अनुसार सिसेलको अनुभव खोपको अपेक्षासँग मिल्दोजुल्दो छ ।

दुवै खोप विश्व स्वास्थ सङ्गठन (डब्ल्यूएचओ) बाट स्वीकृत भए पनि कोभिड–१९ विरुद्ध कुनै खोप शतप्रतिशत प्रभावकारी छैन । एस्ट्रेजेनेकाको दाबीअनुसार लक्षण देखिने कोरोना भाइरसमा यो खोप ७६ प्रतिशत प्रभावकारी छ । त्यस्तै खोप लगाएपछि गम्भीर रोग नलाग्ने र अस्पताल भर्ना हुनु नपर्ने कम्पनीको दाबी छ । यता सिनोफार्मको दाबीअनुसार खोपको प्रभावकारिता दर ७९ प्रतिशत छ ।

डब्ल्यूएचओको अफ्रिकास्थित क्षेत्रीय कार्यालयका खोप रोकथाम रोगका कार्यक्रम संयोजक रिचार्ड मिगिहोका अनुसार कोभिड–१९ खोप गम्भीर अवस्था, अस्पताल भर्ना हुने अवस्था र मृत्युबाट जोगाउन अति प्रभावकारी छ भन्ने कुरालाई सिसेलको तथ्याङ्कले देखाएको बताउँछन् ।

‘सबै सुरक्षित नभएसम्म रोग निरन्तर फैलँदैन भन्ने हुँदैन,’ उनले भने । स्ट्यानफोर्ड विश्वविद्यालयका न्युरोबायोलोजी र बायोइन्जिनियरिङका एसोसिएट प्रोफेसर माइकल जी ली भन्छन्, ‘खोपको प्रभावकारिताको दर हेर्नुभयो भने सबैमा खोप लगाएको अवस्थामा पनि झन्डै २० प्रतिशत जनसङ्ख्या अझै शङ्काको घेरामा हुन्छन् ।

यदि भाइरसले खोप नलगाएका केही व्यक्तिलाई निरन्तर सङ्क्रमित बनाइरहेको छ र खोप लगाएका केहीमा पनि सङ्क्रमण देखिएको छ भने यो आश्चर्य होइन,’ उनले भने ।

तर खोप नलगाएका व्यक्तिको दाँजोमा खोप लगाइसकेका व्यक्ति अस्पताल भर्ना हुने संभावना कम रहने उनले बताए । यद्यपि सिसेलको तथ्याङ्कमा केही छुटेको छ, जसले हामीलाई खोपले कसरी काम गरेको छ भन्नेबारे राम्रो जानकारी दिने थियो । उदाहरणका लागि, सङ्क्रमण देखिएका कति व्यक्तिले कोभिसिल्ड र कतिले सिनोफार्म लगाएका छन् भन्ने स्पष्ट छैन ।

कुन भेरियन्टहरू फैलिरहेका छन् र ती कति सङ्क्रामक हुनसक्छन् भन्ने पनि स्पष्ट छैन । सिसेल न्युज एजेन्सीले गत महिना जनाएअनुसार पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान भएको भेरियन्ट नै सिसेलमा देखिएको छ ।

यदि त्यही भेरियन्ट नै फैलिएको हो भने यसले खोपको प्रभावकारितालाई असर गर्नसक्छ । किनकि दक्षिण अफ्रिकी भेरिएन्टको हल्का र मध्यम कोभिड–१९ विरुद्ध एस्ट्रेजेनेकाले निकै कम सुरक्षा उपलब्ध गराउने देखिएको थियो ।

यद्यपि अहिलेसम्म सिसेलमा इन्डियन भेरियन्ट पुष्टि भएको छैन । रोडेगोन्डे अन्य भेरियन्टहरू पनि रहेको हुनसक्ने बताउँछन् । तर सीमित जिनोमिक परीक्षणको अर्थ अहिलेसम्म ती भेरिएन्टको पहिचान भइसकेको छैन ।

खोप लगाएपछि जीवनमा यसको अर्थ के हुन्छ ?

ठूलो परिमाणमा खोप लगाए पनि सङ्क्रमण पूर्णत रोकिँदै भन्ने स्मरण सिसेलले गरेको छ । ‘अहिले उपलब्ध खोपहरू गम्भीर सङ्क्रमण कम गर्न सक्षम छन्, यद्यपि यसले पूर्णत इम्युनिटी वा सम्पूर्ण सुरक्षा दिँदैन’ नेसनल युनिभर्सिटी अफ सिङ्गापुरअन्तर्गत स स्वी हक स्कुल अफ पब्लिक हेल्थका एसोसियट प्रोफोर जेरेमी लिमले भने, ‘हामीले कसरी सहजै विश्वास गरेका थियौँ वा हामी कति मूर्खतापूर्ण आशावादी छौँ भन्ने झल्को मात्रै हो यो,’ उनले भने ।

तर सिसेलकै अवस्थाअनुसार विश्वलाई चियाउनु आवश्यक नरहेको पर्थस्थित मुर्डोच विश्वविद्यालयकी इम्युनोलोजी प्रोफेसर क्यासी बेरिले बताइन् ।

खोप लगाएका मानिस सङ्क्रमित हुनुमा धेरै कुराले काम गरेको हुन्छ, उनीहरूले लगाएको खोप र उनीहरूको जनसङ्ख्याको वंशाणुगत पक्षले पनि काम गर्छ । उच्च प्रभावकारी दरको खोप प्रयोग गर्ने देशहरूमा चाँडै हर्ड इम्युनिटी प्राप्त हुनसक्ने बेरीले बताइन् । उदाहरणका लागि कोरोनाविरुद्ध भाइजरको खोपको प्रभावकारिता दर ९० प्रतिशत छ ।

लिनका अनुसार आफूले इच्छा लागेको खोप पर्खनुभन्दा उपलब्ध खोप चाँडै लगाउनु नै राम्रो हुन्छ । ‘मृत्युबाट जोगाउन खोपहरू निकै प्रभावकारी देखिएका छन्,’ लिनले भने, ‘पक्कै पनि कुनै उत्कृष्टको प्रतिक्षा गर्नुभन्दा तपाईंल पाएको खोप लगाउनु नै फाइदाजनक छ ।’

क्यालिफोर्नियास्थित थिङ्क ट्याङ्क रान्ड कर्पोरेसनका इपिडेमिलोजिस्ट जेनिफर हुवाङ बोईका अनुसार केही खापेका लागि आवश्यक पर्ने तापक्रम नियन्त्रित आपूर्ति चक्रका कारण सबै देशहरूसँग अति प्रभावकारी खोप पाउने विकल्प पनि छैन ।

चेतावनी

सिसेल खोपको सफलताको कथा हो । तर खोपले सम्पूर्ण सुरक्षा दिँदैन भन्ने चेतावनी पनि यसले दिएको छ । ‘र नयाँ भेरिएन्ट र फैलावटबारे देशहरू चिन्तित हुन आवश्यक छ । ‘हामी सबै खोप लगाउने दौडमा छौँ तर हामीले सङ्क्रमण रोक्न सामाजिक दूरी, ताजा हावा र मास्कको प्रयोग अति राम्रो हुन्छ भनेर अझै सम्झन आवश्यक छ,’ बेरीले भनिन्, ‘मलाई लाग्छ यो अझै केही समयका लागि रहिरहनेछ ।’

कोभिड–१९ लाई कम गर्न खोपले महत्त्वपूर्ण भूमिका खेल्ने भए पनि यसले कोरोनाको फैलावटलाई उन्मूलन नगर्ने बोईले बताए । ‘कोभिड एक्कासि गायब हुँदैछैन । अति सम्भावित परिदृश्य के हो भने विश्वले कोभिडसँगै बाँच्नुपर्छ,’ नेसनल युनिभर्सिटी अफ सिङ्गापुरका लिमले भने ।

सिसेलले यही गर्नुपर्छ, जहाँ अघिल्लो वर्ष पर्यटन क्षेत्रमा नराम्रो असर परेको थियो । ठूलो परिमाणमा खोप लगाउँदा कोभिडबाट गम्भीर बिरामी हुनेको सङ्ख्या घटेको छ, जसकारण चिन्ता कम भएको राडेगोन्डेले बताएका छन् । मुख्य सरोकार देशको अर्थतन्त्रमा धेरै सङ्क्रमितको सङ्ख्याले पार्ने प्रभाव हो ।

यद्यपि अहिलेसम्म कुनै असर देखिएको छैन । दैनिक रूपमा झन्डै ५ सयभन्दा बढी पर्यटक आइरहेको पर्यटन मन्त्री राडेगोन्डेले बताएका छन् । ‘यदि अवस्था खराब भएर त्यस्तो बिन्दुमा पुग्यो भने पर्यटक आउन बन्द हुनेछ । यो ठूलो चिन्ताको विषय हो,’ उनले भने, ‘सिसेल पर्यटकका लागि खुला छ । हामी सबैलाई स्वागत गर्छांै । यसमा कुनै परिवर्तन गर्ने हाम्रो मनसाय छैन ।’

सामान्य लक्षणसहितको कोभिडको मूल्य चुकाउन सकिन्छ भन्ने बुझ्दै यसलाई हल्का लिने नीति सिसेलले लिएजस्तो देखिन्छ । तर लिमका अनुसार आफ्नो जनसङ्ख्यामा कोभिड फैलिरहँदा देशहरूले खोप लगाएर मात्रै पुग्दैन । अरू काम पनि गर्नुपर्छ । यसअन्तर्गत सीमा नियन्त्रण, बृहत्तर परीक्षण र महामारीसँग जुध्न सक्ने सामथ्र्यका अस्पताल निर्माण पर्छन् । स्ट्यानफोर्डका लिन सहमत छन् । ‘तपाईंले एक पटक आफ्नो ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाइसकेपछि जनस्वास्थ्यको प्लेबुकलाई त्यसै फाल्न सक्नुहुन्न,’ उनले भने ।

स्राेत : सीएनएन

२०७८ जेठ ६ गते बिहीवार १२:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु