"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

हेलिकोप्टर चढेर बादलको उम्मेदवारी दर्ता

गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टर चढेर राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिन वागमती प्रदेशको सदरमुकाम हेटौंडा पुगेका छन् । डीआईजी कार्यालयमा हेलिकोप्टरबाट ओर्लिएर उनी त्यहाँबाट निर्वाचन कार्यालयमा पुगेका छन् ।

गृहमन्त्री थापाका प्रतिद्वन्द्वी डा. खिमलाल देवकोटाले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् । गृहमन्त्री थापा सत्तारुढ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् । एमाले निकटकै बुद्धिजीवीका रुपमा चिनिने डा. देवकोटाले माओवादी, काँग्रेस र माधवनेपाल समूहका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

बादलले सूर्य चिन्हबाट र देवकोटाले हँसिया-हथौडा चिन्हबाट चुनाव लड्ने छन् । जेठ ६ गते हुने राष्ट्रियसभाको उप निर्वाचनमा वागमती प्रदेशसभाका ११० र स्थानीय तहका २३८ जना प्रमुख र उपप्रमुखहरूले मतदान गर्नेछन् ।

यसअघि गृहमन्त्री थापा यही प्रदेशबाट राष्ट्रियसभा सदस्य थिए । माओवादी पार्टी छाडेर एमालेमा लागेपछि उनको पद खोसिएको हो । र, यही रिक्त स्थानमा बादल एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् ।

२०७८ वैशाख २४ गते शुक्रवार १३:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु