"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बौद्धस्थित फूलबारीमा एक पुरुषको शव फेला

काठमाडौंको बौद्धस्थित फूलबारीमा एक पुरुषको शव फेला परेको छ । ५६ वर्षीय छिरिङ कुमार लामा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले जानकारी दिए ।

काठमाडौं महानगरपालिका–६ स्थित धाराटोल घर भएका लामाको शव कानबाट रगत बगेको अवस्थामा भेटिएको छ । बिहीबार बिहान निस्केका लामा साँझ घर फर्केका थिएनन् ।

मदिरा सेवनको लत लागेका लामाको शव फूलबारी स्थित खाली रहेको जस्ताको छाप्रोमा फेला परेको हो । उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको एसपी बस्नेतले बताए ।

२०७८ वैशाख १७ गते शुक्रवार १६:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु