किटाणु नाशक फिल्टर भएको एसी बजारमा, ७०%सम्म बिजुली खपत हुने
काठमाडौं, एल.जी. को आधिकारीक विक्रेता सी.जी. इम्पेक्सले एन्टी भाइरस फिल्टर भएको एल.जी.को ए.सी. नेपाली बजारमा ल्याएको छ । यस एन्टी भाइरस फिल्टरले भित्री वातावरणको किटाणुहरूलाई नष्ट गर्ने र ताजा वातावरण बनाउने कम्पनीले बताएको छ । एन्टी भाइरस फिल्टरले इन्डिपेन्डेन्ट ल्याबबाट किटाणु नष्ट पार्ने प्रमाण पत्र प्राप्त गरेको कम्पनीको दावी छ ।
साथै यस ए.सी.मा फोर इन वान मोड रहेको छ । जसले ए.सी.लाई ४०%, ६०%, ८०% र १००% अर्थात मान्छे धेरै हुँदा पूर्ण सम्भावनामा चलाउने र कम हुँदा त्यही हिसाबले चलाउन सकिने उत्कृष्ट विशेषता हरेको हुनाले विद्युत कम खपत गरि पैसा पनि बचत गर्ने कम्पनीले जनाएको छ ।
यसमा डुअल इन्भर्टर कम्प्रेसर रहेको छ जसले गर्दा रोटरको गतिलाई नियन्त्रण गर्छ र उच्च गति र कम गतिमा स्थिर भएर काम गर्छ जसले गर्दा यसको आवाज एकदमै कम आउनुका साथै ७०% सम्म विजुली खपत गर्ने कम्पनीले जनाएको छ । अहिले नयाँ वर्षको अफरमा एल.जी.को ए.सी. किन्दा ४ हजार बराबरको निःशुल्क जडान व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
२०७८ वैशाख ९ गते बिहीवार १७:१२ बजे प्रकाशित